काठमाडौं : पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आज माइतीघरमा रहेको झण्डामाथि उक्लिएर प्रहरीलाई हैरानी दिएकी छन् । घटना दिउँसो साढे दुई बजेतिरको हो ।
श्रीमानले आफूमाथि बलात्कार गरेको भनेर लामो समयदेखि कानूनी लडाईं लडिरहेकी आरतीले अदालतबाट मुद्दा जितिसकेकी छन् । उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । त्यसयता आरतीले सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्षलाई निरन्तरता दिँदै आएकी छन् ।





