घरमा आगलागी हुँदा निसास्सिएर चार जनाको मृत्यु

२०८१ असार ११, मंगलवार

नयाँदिल्ली : भारतको राजधानी दिल्लीमा रहेको एउटा घरभित्र आगलागी हुँदा एकै परिवारका चार सदस्यको मङ्गलबार निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

द्वारकाको प्रेम नगर क्षेत्रमा रहेको दुई तले भवनको पहिलो तल्लामा बिहानै आगलागी भएको एक प्रहरी अधिकारीले बताए । “आगो पूर्णरूपमा निभाइएको छ र घरबाट शव परीक्षणका लागि अस्पताल लगिएको छ”, उनले भने । अधिकारीहरूका अनुसार मृतकहरू एक दम्पती र उनीहरूका दुई साना छोरा रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

मानिसहरूले सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्ने र दहनशील सामग्री जथाभावी भण्डारण गर्ने भएकाले भारतीय घरहरूमा आगलागी हुने सम्भावनाहरू प्रायः उच्च हुन्छन् । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार