युरो कप-२०२४ : पोल्याण्डसँग बराबरीमा रोकियो फ्रान्स

२०८१ असार १२, बुधबार

काठमाडाैं : युरो कप-२०२४अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुई देशले एक-एक गोलको बराबरी गरेका हुन् ।

बराबरीसँगै फ्रान्सले समूह विजेता बन्ने अवसर गुमाएको छ । फ्रान्सले ५६औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिएको थियो । चोटपछि फर्किएका कप्तान केलियन एम्बाप्पेले पेनाल्टीमार्फत्  गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्‍यो । रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टीमार्फत् नै गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार