कपिलवस्तुमा खेतमा जाने क्रममा चट्याङ लागेर २ जनाको मृत्यु

२०८१ असार १२, बुधबार

कपिलवस्तु : कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षिय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षिय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए। दुबै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार