काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।
भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसका लागि बोर्डले बिहीबार बिहान बोर्डको बैठक बोलाएको छ भने बिहान ९ बजेका लागि पत्रकार सम्मेलन राखेको छ । उनले सम्पूर्ण तयारि पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।





