स्याङ्जामा खोलाले बगाउँदा १ जनाको मृत्यु

२०८१ असार १२, बुधबार

काठमाडौं : स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो । उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।

तर पौने ३ बजे ८/९ सय मिटर तल आँधीखोलामै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार