नेकपा एसको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन

२०८१ असार १२, बुधबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् ।

सम्मानित नेता झलनाथ खनालको समर्थनमा उनी अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् । नेता खनालले नेकपा एसको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ । बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ ।

नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार