हिमालयन एभरेष्टका सिइओ शाह कार्यकाल नसकिदै पदमुक्त

२०८१ असार १२, बुधबार

काठमाडौं : निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् ।

कार्यकाल पुरा नहुँदै सञ्चालक समितिले उनलाइ पदमुक्त गरेको हो। २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पुरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी छँदै उनलाई सञ्चालक समितिको बुधबारको बैठकले भोलि बिहीबारदेखि लागू हुने गरी पद मुक्त गरि दिएको हो ।

सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले जारी गरेको पत्रमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिने निर्णय गरिएको उल्लेख छ । उनले पत्रमा लेखेका छन्, हामी योग्य र अनुभवी प्रमुख कार्यकारी अधिकृतको खोजीमा छौं, तत्कालका लागि नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले नेतृत्व सम्हाल्नेछिन् ।

निर्जीवन बीमक बीचको पहिलो मर्जर सफल बनाउन दिशानिर्देश गरेको उल्लेख गर्दै सञ्चालक समिति अध्यक्ष श्रेष्ठले शाहलाई धन्यवाद दिएका छन् ।लिडरशिप एकेडेमी र राइस युनिभर्सिटी बिजनेश स्कुलले आयोजना गरेको एडभान्स लिडरशिप ट्रेनिङमा सहभागिताका लागि अमेरिका गएका बेला उनी पदमुक्त भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार