शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

२०८१ असार १६, आईतवार

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ।

मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ।

शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।

यसरी विवरण सङ्कलन भएपछि शिक्षा प्रणालीका लागि स्रोत परिचालनमा रहेका समस्या पहिचान र समाधानका उपाय पहिल्याइने सचिवालयले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार