गाई चोरेर काटेको आरोपमा दुई जना पक्राउ

२०८१ असार १७, सोमबार

धरान : सुनसरीको धरान उपमहानगरपालिका-६ को पानाबारीमा गोठमा बाँधिराखेको गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विक रहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी मानबहादुर राईका अनुसार स्थानीय सीता पौडेलको गोठमा रहेको गाई चोरी गरेर आइतबार राति काटिएको हो। मासुसहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी राईले बताए।

पौडेलको घर भन्दा १५ मिनेटको दूरीमा गाई गोठ रहेको र खाना खान घर गएको समयमा आइतबार बेलुकी गोठबाट हराएको पौडेलले बताइन्। लिम्बू र बिकले गोठबाट गाई चोरेर जङ्गलमा लगेर काटेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार