प्रचण्डले बोलाएपछि बालुवाटार पुगे ओली

२०८१ असार १८, मंगलवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो ।

आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार