चार पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

२०८१ असार १८, मंगलवार

काठमाडौं : संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।

संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। स्रोतका अनुसार एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको र नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको जानकारी गराइसकेका छन्।

दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।

एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार