ब्राजिल : एयर युरोपाको बोइङ ७८७–९ ड्रिमलाइनरको उडान सोमबार स्पेनको मेड्रिडबाट उरुग्वेको राजधानी मोन्टेभिडियो जाँदा एयर टर्बुलेन्स ( हवाइ तुफान)मा परेको छ ।
उक्त एयर टर्बुलेन्समा ३० जना घाइते भएका छन् । विमान ब्राजिलमा आपतकालीन अवतरण गरिएको थियो । उक्त विमानमा ३२५ जना यात्रु सवार थिए । विमान एटलान्टिकमा ब्राजिलियन कोस्ट नजिक पुगेपछि टर्बुलेन्समा परेको थियो । घाइते यात्रुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
टर्बुलेन्सका क्रममा यात्रुको टाउकोमा ठोक्किनुका साथै अनुहारमा पनि चोट लागेका थियो । केही साताअघि दुइवटा एयर टर्बुलेन्सका घटना भएका थिए । बीबीसी