
काठमाडाैं : न्यायपरिषद्को बैठकले ८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को बैठकले उक्त सिफारिस गरेको हो । सर्वोच्च अदालतका इजलास अधिकृत कमलाकान्त जोशी, जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार नारायण सापकोटा, फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत वसन्तराज जोशी, महालेखा परीक्षकको कार्यालयका निर्देशक मणिराम ज्ञवालीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यस्तै, सर्वोच्च अदालतका उपरजिस्ट्रार अन्जनराज सापकोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव नितिज राई, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक तिलक कार्की र सर्वोच्च अदालतका शाखा अधिकृत चन्द्रमणि चापागाईंलाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरिएको हो।