
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई धोका दिन खोजेपछि काँग्रेससँग मिलेको बताएको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डले भित्रभित्रै काँग्रेससँग छलफल गरिरहेको बताएका थिए । महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै धोकाको राजनीतिमा लागेपछि एमालेले पनि विकल्प खोजेको बताए ।
‘हामीलाई केही जानकारी नदिई प्रचण्ड जी, काँग्रेससँग छलफल गरिरहेका रहेछन्,’ उनले भने, ‘त्यो कुरा हामीले कांग्रेसबाट थाहा पायौँ । त्यसपछि यो निर्णयमा पुग्यौँ ।’