कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८१ असार १९, बुधबार

काठमाडाैं : नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्नेगरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार