एमालेसँगको सहमति कांग्रेस कार्यसम्पादन समितिद्वारा स्वागत

२०८१ असार १९, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको गठबन्धनको सहमतिको स्वागत गरेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवाको बुढानिकण्ठस्थित निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त सहमतिलाई आधिकारिता प्रदान गर्दै स्वागत गरेको हो।

बैठकले पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचमा मूलभूत रूपमा सुशासन, स्थायित्व र आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने र मुद्दामा सहमत दललाई पनि यसमा जोड्ने विषयमा भएको सहमति अनुमोदन गरिएको कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले बताए।

‘एमालेसँग भएको समझदारीको स्वागत ग¥यौं,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै महतले भने, ‘त्यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार