
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए।बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गरेको बताए।गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपछि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको उनको भनाइ छ।