
काठमाडौँ : पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवासको सरसफाइका लागि कर्मचारी खटाएका छन् ।
उनको खुमलटारस्थित निवासमा अहिले सरसफाइ चलिरहेको प्रचण्ड निकटस्थले जानकारी दिएका छन् । करिब १८ महिना सरकारी निवास बालुवाटार बसेका प्रचण्ड छिट्टै खुमलटार सर्नु पर्ने बाध्यतामा छन् । सरकारमा सहभागी एमाले मन्त्रीहरूले राजीनामा दिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।