प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

२०८१ असार २०, बिहीबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

संबिधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रवधान रहेको छ । तर संसदमा रहेका प्रमुख ठुला दुई दलनै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ ।

माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार