
पटना : भारतको बिहार राज्यमा बुधबार एकै दिन पाँच वटा पुल भत्किएका छन् । यीमध्ये दुई ओटा पुल सिवान जिल्लाको छाडी नदीमा बनेका थिए ।
यो नदीमा अर्को एउटा पुलसम्म पुग्ने सडक बाढीले बगाएकोले त्यो पुल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । बुधवार राज्यको सारण जिल्लामा गण्डकी नदीमा बनेको दुई ओटा पुल ढलेका थिए ।
सात सय मिटर दूरीमा रहेका दुई पुल एकै दिन ढलेका हुन् । बिहारमा नयाँ र निर्माणाधीन पुल ढल्ने क्रम जारी छ । राज्यमा गएको १५ दिनमा नयाँ र पुराना गरेर १० भन्दा धेरै पुल भत्किएका छन् ।