काठमाडौँ : सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोककुमार चौधरीले हाम्रोदेशलाई जानकारी दिए । उनका अनुसार पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहने नरहनेबारे पार्टीमा छलफल जारी छ अहिलेलाई भने यथावत् नै हुने बताए। पार्टीबाट गृहसहित चार जना मन्त्री सहभागी छन् ।
प्रधानमन्त्री र रास्वापका शीर्ष नेताबिच बिहीबार बिहान छलफल भएको थियो । भेटमा रवि लामिछाने,स्वर्णिम वाग्ले,डिपी अर्याल,सन्तोष परियारलगायत नेता सहभागी थिए ।