‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले भन्नु बढी तथ्यपरक होला!’ : बाबुराम भट्टराई

२०८१ असार २०, बिहीबार

काठमाडौँ : कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरेपछि प्रधानमन्त्रीबाट बहिर्गमनको सँघारमा पुगेका प्रचण्डलाई लक्षित गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका बाबुराम भट्टराईले आज अर्को व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

बुधबार साँझ बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका मन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले…’ गाउँदै विरह पोखेका थिए। प्रधानमन्त्रीको सोही गुनासोसम्बन्धी एउटा खबर सेयर गर्दै बाबुरामले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले भन्नु बढी तथ्यपरक होला!’

यसअघि बुधबार र मंगलबार पनि बाबुरामले प्रचण्डमाथि सामाजिक सञ्जालमै तिखो टिप्पणी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार