प्रभु साहले दिए आईटी आर्मीलाई आन्दोलन तत्काल स्थगित गर्न निर्देशन

२०८१ असार २०, बिहीबार

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित गर्न निर्देशन दिएका छन्। आईटी आर्मी विगत १९ दिनदेखि आन्दोलित थियो। आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डीपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन् गर्न निर्देशन दिएका हुन्। आईटी आर्मीका अध्यक्ष सीबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन् गर्न निर्देशन प्राप्त भएको जानकारी दिए।

उनले अध्यक्ष साहको निर्देशनअनुसार देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन् गम्भीर संकटमा परेकोले सिंगो पार्टी लोकतन्त्र बचाउको लागि तेस्रो जनआन्दोलनको तयारीमा लाग्नुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन् गरिएको हो। साहले कांग्रेस र एमाले मिलेर सरकार चलाउने र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार