एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल

२०८१ असार २०, बिहीबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।

व्यवहारत: पहिलो भए पनि समाजवादीले नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै यो महाधिवेशनलाई दशौँ भनेको छ । समाजवादीले दशौँ भनेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि नेपाललले एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि गर्न आफू दोहोरिएको दाबी गरेका छन्।

नेपालले भने, ‘विद्रोहको औचित्य पुष्टि गर्न आममहाधिवेशन प्रतिनिधिले मलाई पुन: अध्यक्षको जिम्मेवारीमा दिनुभएको छ। अब पार्टी थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ। हामी अरु निर्णय पनि सर्वसम्मत गर्ने प्रयासमा छौँ।’

सहमतिले त पार्टीमा गुट जन्मायो नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘गुट जन्माउँदैन, हामी सबै साथीभाइलाई मिलाएर लान्छौँ। पार्टी अझै सशक्त भएर आउँछ । अरु निर्णयमा पनि सर्वसम्मत कोसिस हुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार