भारतीय क्रिकेट टीमको स्वागतमा उर्लिएको भिड

२०८१ असार २१, शुक्रबार

काठमाडौँ : आईसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेर भारतीय टीम बिहीवार स्वदेश फर्केको छ।

२९ जुनमा भएको विश्वकपको अन्तिम खेलमा साउथ अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्ष पछि टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो। उपाधि जितेको ५ दिन पछि स्वदेश फर्केको टीमलाई भारतमा भव्य स्वागत गरिएको छ।

बिहीवार दिल्ली हुँदै भारतीय क्रिकेट टीम मुम्बई पुगेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा क्रिकेट प्रेमी र समर्थकहरूले विश्वविजेता भारतीय टीमको भव्य स्वागत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार