ठुलो पदमा हुँदा मात्र ठुलो मान्छे बन्ने होइन : सुनिता डंगोल

२०८१ असार २२, शनिबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरूले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिए पनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिएकी हुन् ।

त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन् । ‘ठुलो पदले मात्र ठुलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरूका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठुलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेसाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’ उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार