बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न थालियो

२०८१ असार २६, बुधबार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ ।

प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले मंगलबार सम्मको अल्टिमेटम दिएको थियो । मंगलबार बेलुकासम्म बक्यौता बापतको रकम नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ ।

६१ वटा उद्योगले साढे ६ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समितिले सिफारिस गरेको थियो । तर प्रमाण पुर्‍याएर रकम लिन पर्ने समितिले गरेको सिफारिस बमोजिम उद्योगीले बिलको प्रमाण पेस गर्न भनिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर व्यवसायीहरूलाई धम्क्याउने काम गरेको उद्योगीहरूले आरोप लगाएका छन् ।

मंगलवार काठमाडौँमा उद्योगीहरूको एक समूहले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उद्योगीहरूले विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे अध्ययन गर्न गठन भएको न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्नुको सट्टा उद्योगीहरूलाई पत्र काट्न थालेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार