अन्जना शाह फेरि राप्रपामै फर्किए

२०८१ असार २६, बुधबार

काठमाडौँ : पार्टीभित्रको अन्तर्विरोधप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन्।

शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू पार्टी जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्।

‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा‍ प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको अगाध मायाले पार्टीमै सक्रिय बन्न लागेकी हुँ।’

उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता जनाएकी छन्। केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार