काठमाडौं : बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ७० रूपैयाँ कायम भएको छ ।





