राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छौं : ओली

२०८१ असार २६, बुधबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबन्डा नभइसको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबन्डा टुंग्याउने बताए ।

उनले कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए ।

उनले भने, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । को को सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौं ।’

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायीकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताए ।

‘राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले । हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजको आवश्यकता हुन् । शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’

उनले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताए । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए । उनले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार