शनिबारसम्म देशभर वर्षा हुने

२०८१ असार २६, बुधबार

काठमाडौं : आज रातिदेखि शनिबारसम्म देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने सम्भावना देखिएकाले देशभर वर्षा हुने जनाएको हो।

साथै, बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालिको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रीय हुने सम्भावना भएकोले सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ।

यो अवधिमा  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थान  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले सुदूरपश्चिम र कर्णालीबाहेकका पाँच प्रदेशमा उच्च जोखिमका हिसावले रेडअलर्ट जारी गरेको छ।  कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा जोखिम नरहे पनि बाँकी क्षेत्रमा भने जोखिम आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार