ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक गम्भीर घाइते

२०८१ असार २६, बुधबार

तानसेन : पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेका छन्। यस्तै, सोही स्थानका १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएका हुन् ।

बुधबार बेलुकी ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटीमा पाल्पातर्फ आउने क्रममा सोही दिशाबाट आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट अधिकारी गम्भीर घाइते भएका थिए। घाइते अधिकारीलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल पठाइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक स्कुटीचालक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। यस्तै, गम्भीर घाइते स्कुटीचालकको बहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार