काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।





