प्रधानमन्त्री कांग्रेस–एमालेको सहमति ‘मिस लिड’ गर्न खोज्दैछन् : महामन्त्री थापा

२०८१ असार २७, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालबाट कांग्रेस–एमाले सहमतिलाई ‘मिसलिड’ गर्ने कोसिस भइरहेको बताएका छन्। बिहीबार विराटनगर पुगेका महामन्त्री थापाले संविधान संशोधनको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाएका हुन्।

संविधान कार्यान्वयनका क्रममा देखिएका अनुभवलाई लिएर आवश्यक लागेका केही विषय पुनरावलोकन गर्ने कांग्रेस–एमालेकाे सहमति रहेको महामन्त्री थापाले बताए।

‘अहिले यल्लाई कताकता के बनाउन खोजिएको छ भने, बेलाबेला म सुन्छु, सायद भोलि प्रधानमन्त्रीले पनि संसद्मा आएर यही कुरा बोल्नुहुन्छ भन्ने मेरो पूर्वानुमान छ,’ उनले भने,‘कांग्रेस र एमाले मिलेर समानुपातिक प्रतिनिधित्व खाइदिने भए, समावेशिता खाइदिन खोजे, मधेसी, थारु, दलित, मुस्लिम अल्पसंख्यकका अधिकार खाइदिन खोजेका छन्। यिनीहरू संविधान संशोधन गरेर ०४७ सालको संविधान जस्तो बनाउन खोजिरहेका छन् भन्ने आशय लाग्नेगरी मिस लिड (भ्रम) गर्ने प्रधानमन्त्रीको प्रयास छ भन्ने मलाई लागिरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार