मन्त्री नआएपछि २ मिनेट बसेर सकियो प्रतिनिधिसभा बैठक

२०८१ असार २७, बिहीबार

काठमाडौँ: प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री नआएपछि भोलीसम्मका लागि स्थगित भएको छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद् बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण जनाए ।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन गर्न अनिवार्य मन्त्रीको उपस्थिति हुनुपर्ने व्यवस्था रहेको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेका कारण मन्त्रीहरू संसद्‌मा उपस्थित हुन नसकेको जनाइएको छ । भोलीको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार