काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सहभागी हुने भएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका सिंहलाई उपप्रधानमन्त्रीसहित उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने भएको हो । महाधिवेशनमा पार्टी सभापतिमा साथ दिएका सिंहलाई देउवाले नेतृत्व गरेर सरकारमा जाने मौका दिने भएका हुन्।
कांग्रेसले गृह र एमालेले अर्थ मन्त्रालय लिने सहमती भए पनि अन्य मन्त्रालय र मन्त्रीको विषयमा भने टुंगो लाग्न बाँकी छ।





