भारी वर्षाका कारण बुद्ध एयरको जहाज रनवेमा चिप्लियो

२०८१ असार २८, शुक्रबार

काठमाडौं : गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुद्ध एयरको जहाज चिप्लिएको छ। गए राति ९ बजे बुद्ध एयरको नाइन एन-एओसी जहाज गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवेमा चिप्लिएको हो।

उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ। जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। जहाजमा सवार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार