बुद्ध एयरको चिप्लिएको विमान हटाउन नसक्दा भैरहवामा उडान अवरुद्ध

२०८१ असार २८, शुक्रबार

रुपन्देही : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्ध एयरको जहाज हटाउन नसक्दा विमानस्थलबाट आज बिहान हुने कुनै पनि उडान हुन सकेको छैन ।

जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा विमानस्थलबाट उठान हुन नसकेको हो । काठमाडौँबाट गए राति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो ।गएराति नै बुद्ध एयरको १५ जनाको प्राविधिक टोली आएर जहाज हटाएर मर्मत गर्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

आज बिहानैदेखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए । अहिले काठमाडौंबाट बुद्ध एयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार