प्रधानमन्त्रीको प्रतिवाद गर्दिनँ, पीडामा झन् पीडा दिने हाम्रो संस्कार छैन : लेखक

२०८१ असार २८, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिमाथि कुनै प्रतिवाद नगर्ने भनेका छन्।

शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा मागेको विश्वासको मतमाथि छलफलमा सहभागी हुँदै उनले सो क्रममा राखिएको धारणामा कुनै प्रतिवाद नगर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीज्युले राखेका अधिकांश कुरामा मेरा विमति र आफ्ना कुरा छन्,’ उनले भने,‘कमसेकम कुनै पनि कुराको खण्डन, मण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि दिनेवाला छैन। किनभने हाम्रो संस्कारले हाम्रो पीडामा भएको कुनैपनि मानिसकामाथि टिप्पणी गर्नु भनेको झन् ज्यादा पीडा दिनु हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार