पाकिस्तानमा अवतरण गर्ने क्रममा २९७ जना सवार यात्रुवाहक विमानमा आगलागी

२०८१ असार २८, शुक्रबार

काठमाडौं : पाकिस्तानको पेशावरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रुवाहक विमानमा आगलागी भएको छ । उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले भने, “साउदी एयरलाइन्सको विमानमा आगो लाग्नुअघि अवतरणका क्रममा टायर नजिकै स्पार्क र धुवाँ देखिएको थियो। त्यसपछि दमकल र उद्धारकर्मी धावनमार्गमा पुगेका थिए।”

साउदी एयरलाइन्सले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ , “रियादबाट पेशावर जाँदै गरेको फ्लाइट नम्बर एसभी ७९२ को टायरबाट अवतरणका क्रममा धुवाँ निस्कन थाल्यो। त्यसपछि विमानलाई तुरुन्तै रोकेर सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको थियो। सबै पाहुना र चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार