प्रधानमन्त्रीको भाषण सुन्दा त देश धेरै विकास भइसकेछ भन्ने लाग्यो: सांसद शाही

२०८१ असार २८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले प्रधानमन्त्री पुष्पकमल दाहालको सुन्दा देश विकास भइसकेको जस्तो आफूलाई लागेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उनले यस्तो बताएका हुन्।

“ध्यानमा रहोस् है प्रधानमन्त्री ज्यु यो देशमा आज पनि ८ लाख युवाले हरेक वर्ष देश छाड्दै छन्। अनि कसरी विकास भयो। कुन आधार ले ?” उनले प्रश्न गरे।

सांसद शाहीले जिवीलाई पक्राउ नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरे।

उनले भने “यत्रो सुशासनको भाषण गर्नुभयो, तपाईंको अभिन्न मित्र जीवी राई पक्राउ नगरेरै बिदा हुने भयो। एकछिन पक्राउ गरिदिनुहोस् अझ समय छ। म तपाईंको धैर्यताको अझै आसा राख्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार