मन्त्रीको अन्तिम नामावली टुंगो लगाउन देउवा र कोइराला छलफलमा

२०८१ असार ३०, आईतवार

 काठमाडौँ : नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम अन्तिम टुंगो आजै लगाउँदैछ।

स्रोतका अनुसार, आजै बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा नेता शेखर कोइरालासँग बसेर मन्त्रीहरूको नाम अन्तिम टुंगो लगाउन लागिएको हो। ‘उहाँहरू आजै छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘आजै मन्त्रीहरूको नाम टुंगो लाग्छ।’ कांग्रेसले शनिबार पार्टी कार्यसम्पादन समितिको बैठकबाट योग्यता, योगदानलाई आधार बनाएर समावेशी र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छान्ने निर्णय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार