महोत्तरीमा गोली हानेर डाँकालाई नियन्त्रणमा लिइयो

२०८१ असार ३१, सोमबार

महोत्तरी : महोत्तरी जिल्लाको सर्लाही महोत्तरीको सिमानाकाबाट प्रहरीले एक राउन्ड गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले लामो समयदेखि महोत्तरी, सर्लाही, सिराहा, सिन्धुली लगायतका जिल्लाहरूमा पटक पटक डकैती गर्दै आएका सर्लाही लालबन्दी २ बस्ने विजेन्द्र पासवानलाई गोली प्रहार गरी पक्राउ गरिएको जानकारी दिए ।

आइतबार जिल्लाको सोनमा गाउँपालिका वडा नंं ५ खैरबनी स्थित सर्लाही र महोत्तरीको सिमानामा रहेको सितलपुरबाट उनलाई घुँडा मुनि एक राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको प्रवक्ता जैसवारले बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट यस क्षेत्रमै डाँका रहेको सूचनाको आधारमा पछाउँदै जाँदा सितलपुरमा जम्काभेट हुँदा नियन्त्रणमा लिन गोली प्रहार गरिएको प्रवक्ता जैसवारले बताए ।

उनले घाइते रहेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र थप विवरण पछि सार्वजनिक गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार