डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२०८१ असार ३१, सोमबार

काठमाडौँ : अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलपछि डी मारियाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिएका हुन्।

उनले कोपाको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका थिए। खेलको १ सय १७ औँ मिनेटमा मैदान छाड्दा उनी निकै भावुक देखिन्थे। गत नोभेम्बरमा नै डी मारियाले कोपा अमेरिकाको फाइनलपछि सन्यास लिने घोषणा गरेका थिए। उनले त्यो समयमा नै कोपा अमेरिकामा आफूले अन्तिम पटक टोलीको जर्सी लगाउने बताएका थिए।

सन् २००७ मा डी मारियाले अर्जेन्टिनी यू २० बाट टोलीमा स्थान बनाएका थिए। सन् २००८ मा सिनियर टोलीमा डेब्यु गरेका डी मारियाले १ सय ४५ खेलमा ३१ गोल गरेका छन्। उनले टोलीका लागि ४ विश्वकप खेलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार