यी हुन् राष्ट्रपति कार्यालयमा पुगेका २० मन्त्रीको नाम

२०८१ असार ३१, सोमबार

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीको नाम टुंगिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरू पठाएका हुन्।

कांग्रेसले ९, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ। कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, कांग्रेसका रमेश लेखक गृहमन्त्री बन्ने भएका छन्।

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षाामन्त्री, कांग्रेसकी आरजु राणाा देउवा परराष्ट्र, जनता समाजवादीका प्रदीप यादव खानेपानी, एमालेका बलराम अधिकारी भूमि व्यवस्था, एमालेकै दामोदर भण्डारी उद्योग, जनता समाजवादीका नवलकिशोर साह महिला, कांग्रेसका तेजुलाल चौधरी युवा, कांग्रेसका अजय चौरसिया कानुन, एमालेकी विद्या भट्टराईले शिक्षा मन्त्रीमा शपथ लिँदैछन्।

यस्तै एमालेका मानवीर राई रक्षा, कांग्रेसका दीपक खड्का ऊर्जा, एमालेका राजकुमार गुप्ता संघीय मामिला, कांग्रेसका ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बन्दैछन्। कांग्रेसका तर्फबाट प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार