ओलीको शपथ समारोहमा गएनन् माधव नेपाल

२०८१ असार ३१, सोमबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शपथमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोहमा प्राय: सबै शीर्ष नेता देखिँदा नेपाल नदेखिएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका छन् ।

एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् भने दुई नेताहरूबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार