काठमाडाैं : सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ।
प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएपछि सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी पाउने गड्तौला पहिलो सचिव हुन्।
२०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी उनलाई यसअघिको सरकारले निमित्त मात्रै बनाएको थियो। मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्वतः पदबाट निलम्बित भएका थिए।
त्यसपछि गौड्तौलाले निमित्तको रुपमा काम गर्दै आएकी थिइन्।





