बालकोटबाट आजै बालुवाटार सरे प्रधानमन्त्री ओली

२०८१ असार ३१, सोमबार

काठमाडौं : प्रधानमन्त्री केपी ओली आजै सरकारी निवास बालुवाटार सरेका छन् ।

सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् । ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सोमबार दिनभरिको काम सकेर ओली बालुवाटार पुगिसकेका छन् ।

सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए । सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार