बढ्यो डिजेल र पेट्रोलको मूल्य

२०८१ असार ३१, सोमबार

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । आज राति १ बजेदेखि सो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार